
काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले खराब सुरुआत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले एकपछि अर्को गर्दै महत्वपूर्ण चार विकेट गुमाएको छ । १० ओभरमा नेपाल ६०/४ को अवस्थामा छ ।
आशिफ शेख र सन्दीप जोरालाई सस्तैमा गुमाएको नेपालले महत्वपूर्ण मानिएका कुशल भुर्तेललाई तेस्रो विकेटको रुपमा ७ ओभरको पहिलो बलमा गुमायो । उनी २२ बलमा ३१ रन बनाउँदै ओमानका आकिब इलियासको बलमा क्याच आउट हुन पुगे ।
आशिफ दोस्रो ओभरको चौथो बलमा बिलाल खानको बलमा ६ रन बनाएर पहिलो विकेटका रुपमा आउट भउका थिए भने त्यसपछि सन्दीप जोरा ६ ओभरको पहिलो बलमा १० रनमा ओमानका कप्तान जिसन मक्सुदको बलमा बोल्ड भएका थिए ।
चौथो नम्बरमा नेपालले कुशल मल्ललाई पनि तीन रनमै गुमाएको छ ।