२०८१ फागुन १, बिहिवार , ०५:१३:४३ बजे

Sajhamanch
'

तिहारअघिका कांग्रेसका सार्वजनिक कार्यक्रम स्थगित

शनिवार, कार्तिक १८, २०८०

काठमाडौं । तिहारअघिका नेपाली कांग्रेसको पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित गरिएको छ ।

पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेकाले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सार्वजनिक कार्यक्रम स्थगित गरिए पनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने नरोकिने उनले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

शुक्रबार रातिको भूकम्पले ठूलो संख्यामा मानवीय र भौतिक क्षति तथा सयौँको संख्यामा मानिस घाइते भएका घटनाले सम्पूर्ण नेपालीलाई नै शोक विह्वल र स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख छ ।

स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुटन कांग्रेसले सबैमा अपिल समेत गरिसकेको छ ।

सम्बन्धित खबर