![](https://sajhamanch.com/wp-content/uploads/2023/11/1699081121_uml_एमाले-Emale_amele-1200x560-1200x560-1.jpg)
काठमाडौँ । नेकपा (एमाले) ले आज दसैं, तिहार, छठ र नेपाल संवतमा राखेका शुभकामना कार्यक्रम स्थगित गरेको छ।
एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले विभिन्न जिल्लामा पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा चियापानका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको जानकारी दिए। उनले राहत र उद्धारको काममा केन्द्रित हुनपर्ने भएकाले पार्टीका तर्फबाट आयोजित शुभकामना कार्यक्रम स्थगन गरिएको बताए।
एमालेले विपत् र शोकको यस समयमा सुर्खेत, नेपालगञ्ज, काठमाडौंका पार्टीका कमिटीलाई उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक रगत सङ्कलनमा सहयोग गर्न आग्रह गरेको छ।