![](https://sajhamanch.com/wp-content/uploads/2023/11/pr-1699061939.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली भूकम्प प्रभावित जिल्ला जाजरकोट प्रस्थान गरेको छ । प्रचण्ड खोज, उद्धार र राहतका लागि रुकुम (पश्चिम) पनि जाने क्रार्यक्रम रहेको छ ।
प्रचण्डसँगै उर्जा, जलश्रोत तथा सिचाइ मन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासहितको टोली उद्धार, स्वास्थ्य टोली र सामाग्रीसहित जाजरकोटको लागि प्रस्थान गरेको छ ।स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री ‘प्रचण्ड’ जाजरकोट गएका हुन् । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७, १२ः०८, १२ः२९, १२ः३५ चारपटक क्रमशः ६.४,४.८,४.२, ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले रूकुम पश्चिम र जाजरकोटमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ ।