२०८१ फागुन १६, शुक्रवार , ०९:५५:१८ बजे

Sajhamanch
'

यूएईविरुद्ध एकै ओभरमा नेपाललाई दुई सफलता

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले एकै ओभरमा दुई विकेट लिएको छ ।

मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले चौथो ओभरको पहिलो बलमा पहिलो सफलता दिलाएका हुन् ।

यूएईका खालिद साहलाई सोमपाल कामीले रनआउट गरे । त्यसपछि सोही ओभरको चौथो बलमा सोमपालले यूएईका कप्तान मुहम्मद वसिमलाई करण केसीबाट क्याच गराए । वसिमले २६ रन बनाए ।

जारी खेलको चार ओभर समाप्त हुँदा यूएईले दुई विकेट गुमाएर ३० रन बनाएको छ ।

आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको फाइनलसँगै आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन् ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल आएका हुन् ।

शुक्रवार, कार्तिक १७, २०८० | खेलकुद, मिडियाबाट साभार

सम्बन्धित खबर