![](https://sajhamanch.com/wp-content/uploads/2023/11/Barshaman-Pun-1024x683-1.jpg)
काठमाडौं । जनयुद्ध दिवस मनाउने सरकारको निर्णयलाई लिएर नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सवाल-जवाफ गरेका छन् ।
संघीय संसदको चालू अधिवेशनको अन्त्य हुनु अगाडि प्रतिनिधि सभामा सदनको कामकारबाहीको विषयमाथि धारणा राख्ने क्रममा एमाले उपाध्यक्ष पौडेलले जनयुद्ध सुरू भएको दिनलाई उत्सवका रुपमा लिन नसकिने बताए । जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने निर्णय फिर्ता लिन उनको आग्रह छ । फिर्ता लिन नसके सदनमा प्रस्ताव ल्याउन उनले चुनौती दिए ।
जवाफमा माओवादीका उपमहासचिव पुनले एमाले समेत सहभागी सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको स्मरण गराए । ‘जनयुद्ध दिवसको बारेमा म स्मरण गराउन चाहन्छु (माघ १९ गते त्यो निर्णय भएको रहेछ । पूर्व वक्ता (विष्णु पौडेल) माननीय ज्यू उपप्रधानमन्त्री हुनुहुँदो रहेछ । त्यही मन्त्रिपरिषदले निर्णय गरेको रहेछ’ पौडेललाई पुनले जवाफ फर्काए ।
आफैँले निर्णय गर्ने र अर्को ठाउँमा पुगेर आलोचना गर्ने संस्कार गलत भएको उनले बताए ।