२०८१ फागुन १६, शुक्रवार , ०६:२१:३६ बजे

Sajhamanch
'

युएईले दियो हङकङलाई १७७ रनको चुनौती

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईले हङकङलाई १७७ रनको चुनौती दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको हङकङविरुद्ध युएईका बसिल हमिद र मोहमद वासिमले आक्रमक ब्याटिङ गरे ।

उच्च लयमा देखिएका बसिलले २९ बलमै अर्धशतक पुरा गरेका थिए । उनले तीन छक्का र चार चौका प्रहार गरे । ओपर आसिमले तीन छक्का र पाँच चौकामा ४६ रन बनाए ।

अर्धशतक बनाउन चुकेपनि वासिमले २४ बलमै आक्रमक ब्याटिङ गर्दै इनिङ्स उठाएका थिए । युएईका लागि अलिसन सारुफुले ३४ र भ्रित्य अरविन्दले १९ रन जोडे ।

सेमिफाइनलमा जान जित्नैपर्नै दबावमा रहेको हङकङका लागि यासिम मुर्तेजले तीन, नस्रुल्ला रानाले दुई र एसन खानले एक विकेट लिए ।

बिहिवार, कार्तिक १६, २०८० | खेलकुद, मिडियाबाट साभार

सम्बन्धित खबर