२०८२ असार २०, शुक्रवार , ०५:०४:५१ बजे

Sajhamanch
'

उत्तरी गोरखाबाट लेक लागेका २ विदेशीको हेलिकप्टर उद्धार

सोमवार, कार्तिक १३, २०८०

गोरखा । उत्तरी गोरखामा लेक लागेर बिरामी भएका दुई विदेशी पर्यटकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

अमेरिकी नागरिक इरिक कोनेल ओलरज र स्वीटजरल्याण्डका नागरिक सोल्भे सोफिया सिह्यूलको सोमवार बिहान एल्टिच्यूड एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

उनका अनुसार चुमनुब्री गाउँपालिका वडा नम्वर ६ रिप्चेतस्थित लुम्जेन गुम्बा पुगेपछि उनीहरु बिरामी भएका थिए ।

‘लेक लागेर बिरामी भएपछि हेलिकप्टरबाट उद्धार गर्नुपर्‍यो भनेर सिफारिसका लागि हामीलाई हिजो बिहान खवर आएको थियो,’ प्रजिअ भुसालले भने, ‘हामीले तत्काल गृहमा लेखेर पठायौं र गृहको अनुमति पनि दियो तर हिजो हेली आउन सकेन ।’

सोमबार बिहानै हेलिकप्टरबाट उनीहरुको उद्धार भएको उनले जानकारी दिए ।

सोमवार, कार्तिक १३, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर