२०८२ असार २०, शुक्रवार , ०६:५४:५७ बजे

Sajhamanch
'

करेन्ट लगाएर माछा मार्न खोज्दा १ जनाको मृत्यु

आइतवार, कार्तिक १२, २०८०

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकास्थित कुडकु खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–४ बस्ने ४० वर्षीय दलबहादुर पहरी छन् । पहरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

शनिबार दिउँसो दलबहादुरले कुडकु खोलामा करेन्ट लगाई माछा मार्ने प्रयास गरेको उनीसँगै माछा मार्न गएकाहरुले प्र्रहरीलाई बताएका छन् । सँगै माछा मार्न गएका २ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

आइतवार, कार्तिक १२, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर