२०८२ असार २०, शुक्रवार , ०४:५४:४६ बजे

Sajhamanch
'

भारतमै किलोको ८० रुपैयाँ पुग्यो प्याजको भाउ

आइतवार, कार्तिक १२, २०८०

नयाँ दिल्ली । भारतमा प्याजको भाउ किलोकै ८० रुपैयाँ पुगेको छ । आपूर्ति अभावबिच हालैका दिनमा प्याजको भाउ बढेको छ ।

राजधानी नयाँ दिल्लीको खुद्रा बजारमा एक किलो प्याज ६५ रुपैयाँदेखि ८० रुपैयाँबिच किनबेच भइरहेको छ । खुद्रा बजारमा भाउ बढ्न थालेपछि शुक्रबार केन्द्र सरकारले सहुलियत दरका पसलहरू खोलेर प्रतिकिलो २५ रुपैयाँमा प्याज बेचिरहेको छ ।

नयाँ प्याज बजारमा आउन ढिलाइ हुँदा भाउ बढेको बताइएको छ । नयाँ प्याज बजारमा आउने समय भइसके पनि आइसकेको छैन ।

सम्बन्धित खबर