२०८२ असार २१, शनिवार , ०७:००:२१ बजे

Sajhamanch
'

पिकनिक मनाएर फर्किदै गरेको बस सिमरामा दुर्घटना, एकको मृत्यु, ९ जना घाइते

आइतवार, कार्तिक १२, २०८०

वीरगञ्ज । बाराको सिमरामा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३०र३५ वर्षका एकजना पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

वीरगञ्जको नगवा टोलका ५१ जना मानिसहरू चितवनको जलबिरे झरनाबाट पिकनिक मनाएर फर्किने क्रममा ना ७ ख ४७४९ नम्बरको यात्रुबाहक बस गयराति ९ः ३५ बजे अनियन्त्रित भई दुर्घटना भएको हो।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार एकैटोलका ५१ जना पिकनिक मनाउनका लागि चितवनको जलविरे गएको र वीरगञ्ज फर्किने क्रममा सिमरास्थित राष्ट्रिय वाणिज्य बैंकको भवनमा ठोक्किएर दुर्घटना भएको हो। उनले प्रारम्भिक अनुसन्धान अनुसार बसको गति एकसयभन्दा बढी रहेको र बैंकको भवनमा अनियन्त्रित भइ ठोक्किएको बताए।

उनले पिकनिकमा खाना पकाउन भनेर गएका एकजनाको घटनास्थलमै मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको पनि बताए।

बसमा सवारमध्ये १२ जना घाइते तथा अन्य सामान्य घाइते भएको पनि उनले जानकारी दिए। १२ जनामध्ये एकजनाको अवस्था गम्भीर रहेको तथा २ जना आज बिहान डिस्चार्ज भएको पनि प्रजिअ सापकोटाले बताए। अन्य ९ जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

आइतवार, कार्तिक १२, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर