२०८१ फागुन १६, शुक्रवार , ०६:०१:५७ बजे

Sajhamanch
'

पाकिस्तानविरुद्ध अफगानिस्तानको कीर्तिमानी जित

मङ्गलवार, कार्तिक ७, २०८०


काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानले पाकिस्तानविरुद्ध आठ विकेटको ऐतिहासिक जित निकालेको छ । अफगानिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक पाकिस्तानलाई हराएको हो ।

सोमबार चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट रंगशालामा पाकिस्तानले प्रस्तुत गरेको २८३ रनको लक्ष्य अफगानिस्तानले ४९ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भेट्टाएको सबैभन्दा ठूलो लक्ष्यसमेत यही हो । यसअघि अफगानिस्तानले सन् २०१४ मा युनाइटेड अरब इमिरेट्स (यूएई)ले प्रस्तुत गरेको २७५ रनको लक्ष्य भेट्टाएको थियो ।

अफगानिस्तानको जितमा ओपनर इब्राहिम जद्रानले ८७ रन बनाए । शतक बनाउन १३ रनले चुकेका जद्रानले ११३ बलमा १० चौका प्रहार गरे । रहमत साहले अविजित ७७ रन जोडे । रहमनुल्लाह गुर्बजले ६५ र कप्तान हस्मतुल्लाह साहिदीले अविजित ४८ रन थपे ।

पाकिस्तानका साहिन साह अफ्रिदी र हसन अलीले समान ए विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २८२ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका कप्तान बाबर अजामले ९२ बलमा चार चौका र एक छक्कासहित ७४ रन बनाए । यसैगरी अब्दुल्लाह शाफिकले ७५ बलमा पाँच चौका र दुई छक्काको मद्दतले ५८, शादब खान र इफ्तिखर अहमदले समान ४०, साउद शकिलले २५ र इमान उल हकले १७ रन जोडे ।

अफगानिस्तानका लागि नुर अहमदले तीन विकेट लिए । नवीन उल हकले दुईले दुई विकेट लिँदा मोहम्मद नाबी र अज्मतुल्लाह ओमरजाईले समान एक विकेट लिए ।

एकदिवसीय विश्वकप इतिहासमा अफगानिस्तानको यो तेस्रो जित हो । प्रतियोगितामा दोस्रो जित निकालेको अफगानिस्तान तालिकाको छैटौं स्थानमा छ । पाँच खेलबाट चार अंक जोडेको पाकिस्तान तालिकाको पाचौं स्थानमा छ ।

मङ्गलवार, कार्तिक ७, २०८० | खेलकुद, मिडियाबाट साभार

सम्बन्धित खबर