
काठमाडौँ । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले त्रिकोणात्मक टि २० क्रिकेट सिरिजको खेलमा हङकङलाई २ सय १४ रनको लक्ष्य दिएको छ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनायो।
हङकङले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।