२०८२ असार ६, शुक्रवार , ११:२४:४५ बजे

Sajhamanch
'

खाद्यले घटायो खसीबोका र च्याङ्ग्राको भाउ

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । सरकारले जिउँदो खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शुक्रबारदेखि लागु हुनेगरी जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो।सरकारले यसअघि १० रुपैयाँ छुट दिँदै जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० मा बिक्री गर्दै आएको थियो। यस्तै च्याङग्रा प्रतिकिलो १२५० मा बिक्री गर्दै आएको थियो।

थप छुटपछि अब खसी प्रतिकिलो ६५० पर्नेछ। च्याङ्ग्राको मूल्य प्रतिकिलो एक हजार २२५ कायम कम्पनीले जनाएको छ। कम्पनीले मंगलबारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न थालेको हो।

सम्बन्धित खबर