२०८१ कार्तिक २९, बिहिवार , ११:४५:४१ बजे

Sajhamanch
'

रामजानकी साकोस : वासलात बढ्यो, नाफा घट्यो

बिहिवार, कार्तिक २, २०८०

झापा । श्री रामजानकी बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्यूट प्रमाणीकरण सभा कात्तिक २ गते सम्पन्न गरेको छ ।

झापा जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाका ८ वटा सेवा केन्द्रहरुमा असोज ३० गते इकाईगत साधारणसभा सम्पन्न गरी त्यहाँबाट चयन भएका प्रतिनिधिहरु माझ बिहीबार बिर्तामोडमा अन्तिम माइन्यूट प्रमाणिकरण सभा गरेको हो ।

संस्थाका अध्यक्ष भीमप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा उनले संस्थाको वार्षिक प्रतिवेदन वाचन गरेका थिए ।
रामजानकी साकोसले आर्थिक वर्ष २०७९/०८० को असार मसान्तमा ९ हजार ३०२ जना शेयर सदस्य निर्माण गरी २ करोड २४ लाख ४७ हजार २०० रुपैयाँ शेयर पुँजी जुटाउन सफल रहेको अध्यक्ष राजवंशीले सुनाए ।

वर्षिक प्रतिवेदन वाचन गर्दै अध्यक्ष राजवंशीले भने, ‘संस्थाको कूल निक्षेप गत आर्थिक वर्षभन्दा २ दशमलव २९ प्रतिशतले वृद्धि गरी १९ करोड ८१ लाख ४९ हजार ५०७ रुपैयाँ १६ पैसा, ऋण लगानी ४ दशमलव ६५ प्रतिशतले वृद्धि गरी २१ करोड ७३ लाख ९ हजार ८८० रुपैयाँ ६१ पैसा र करकट्टी अघिको मुनाफा ४८ दशमलव ८४ प्रतिशतले न्यून भई १३ लाख ८८ हजार ३६६ रुपैयाँ १३ पैसा रहेको छ ।’

अध्यक्ष राजवंशीद्वारा प्रस्तुत संस्थाको वार्षिक प्रतिवेदन अनुसार संस्थाको वासलातमा २ दशमलव ३१ प्रतिशतले वृद्धि भई २३ करोड ६१ हजार ९९ हजार ८३५ रुपैयाँ ६९ पैसा पुर्याइएको छ भने स्थिर सम्पत्ती ५९ लाख ६३ हजार ५७२ रुपैयाँ २७ पैसा रहेको छ ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा झापा जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न गरिएको हो । सो अवसरमा मन्तब्य राख्दै उनले संस्थाको वित्तीय कारोबारसँग कर्मचारी संख्या र सेवा केन्द्रको संख्या तालमेल नखाएकाले संस्थालाई उत्कृष्ट बनाउन सोको पुनरावलोकन गर्न तथा कर्मचारीलाई टार्गेट दिएर काम लगाउन सुझाए ।

संस्थामा भाका नाघेको कर्जालाई शून्य बनाउने, संस्थालाई सुशासनमा चलाउन सदस्यहरुबाट सुझाव संकलन गर्ने, सदस्य सर्वेक्षण गर्ने, सन्तुष्ट सदस्यको संख्या वृद्धि गर्ने सञ्चालकहरुको योजनालाई सकारात्मक भन्दै अध्यक्ष ढकालले सो को पूर्ण कार्यान्वयनका लागि शुभकामना पनि दिएका थिए ।

अन्तिम माइन्युट प्रमाणीकरण साधारणसभाको अवसरमा उत्कृष्ट सेवाकेन्द्र प्रमुखका रुपमा काशीनाथ न्यौपानेलाई र उत्कृष्ट बजार प्रतिनिधिका रुपमा टिकामाया गौतमलाई नगदसहित प्रशंसापत्र प्रदान गरिएको छ ।

त्यस्तै उत्कृष्ट बचतकर्ताका रुपमा रोश्ना माबो लिम्बू, कल्पनादेवी लिम्बू, लक्ष्मी खड्का, मुनेखा खातुन, नरमाया कडेल, हसनमञ्जुर आलम नगदसहित प्रशंसित गरिए ।

संस्थामा उत्कृष्ट कर्जा कारोबार गर्ने अनुजा प्रविन, उमा ओझा, मणिराज सेलिङ, नानु ढुङ्गेल, अश्विन काफ्ले र योगेश्वर खतिवडालाई नगदसहित सम्मान गरियो ।

उक्त सम्मान तथा पुरस्कारहरु कार्यक्रमका प्रमुख अतिथि ढकालसहित विशिष्ट अतिथि भोलाकाजी कठेत, अतिथिहरु तराप्रसाद चापागाईं, गोपाल काफ्ले, रञ्जु प्याकुरेल, संस्थाका कार्यकारी प्रमुख दलबहादुर कार्कीले प्रदान गरेका थिए ।

साधारणसभा समारोहमा गरामनी कृषि सहकारी संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईं, सुनकोशी साकोसका उपाध्यक्ष रञ्जु प्याकुरेल, लेखापरीक्षक तथा सहकारी अभियन्ता भोलाकाजी कठेत, पत्रकार गोपाल काफ्लेले आ–आफ्ना धारणा राखेका थिए ।

संस्थाका कोषाध्यक्ष जीवन सुवेदीले शाब्दिक स्वागत गरेको सो साधारणसभा समारोहको सञ्चालन संस्थाका ब्यवस्थापक शुक्रराज भण्डारीले गरेका थिए ।

सम्बन्धित खबर