२०८१ फागुन १६, शुक्रवार , ०१:५४:२९ बजे

Sajhamanch
'

साउदीविरुद्ध अर्जुन कुमालको शानदार शतक, १४२ रनमा आउट

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालका अर्जुन कुमालले शानदार शतक प्रहार गरेका छन् ।

मलेसियाको युगसडी युकेएम ओभलमा जारी समूह चरणको अन्तिम खेलमा साउदीविरुद्ध ब्याटिङ गरेका अर्जुनले शानदार शतक प्रहार गरे ।

उनले दीपक बोहोरा र आकाश त्रिपाठीसँग ठूलो अंकको साझेदारी गर्दै शतक प्रहार गरेका हुन् ।

आक्रामक ब्याटिङ गरेका अर्जुनले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रनमा आउट भएका छन् ।

सम्बन्धित खबर