
काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले घरेलु मैदानमा आजदेखि सुरु भएको त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध सात विकेटको सहज जित निकालेको छ ।
मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।