
काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध पहिलो ओभरमै विकेट लिएको छ ।
मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालले पहिलो ओभरको अन्तिम बलमा विकेट लिन सफल भएको हो ।
नेपालका सोमपाल कामीले गरेको बलमा यूएईका खालिद साह कप्तान रोहितकुमार पौडेलबाट क्याच भए ।
जारी खेलको दोस्रो ओभर समाप्त हुँदा यूएईले एक विकेट गुमाएर आठ रन बनाएको छ ।