२०८१ फागुन १६, शुक्रवार , १०:५५:४२ बजे

Sajhamanch
'

एसीसी यू-१९ प्रिमियर कपमा नेपालले बहराइनविरुद्ध फिल्डिङ गर्दै

आइतवार, असोज २८, २०८०

काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज बहराइनसँग खेल्दैछ ।

समूह ए मा रहेका नेपाल र बहराइनको खेल मलेसियाको बायुमास ओभलमा जारी छ । बहराइनले टस जितेपछि नेपालले फिल्डिङ गरिरहेको छ ।

नेपालले यसअघि समूहको पहिलो खेलमा इरानलाई पराजित गरेको थियो ।

बहराइन भने पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको थियो । साउदी अरेबिया र इरानबीचको खेल पनि आजै छ ।

नेपालले समूहको अन्तिम खेल आगामी बुधबार साउदी अरेबियासँग खेल्नेछ ।

१६ टोली सहभागी प्रतियोगिताबाट शीर्ष तीन टोली यू-१९ एसिया कपका लागि छनोट हुनेछ ।

सम्बन्धित खबर