२०८१ असोज ४, शुक्रवार , ०३:५७:४७ बजे

Sajhamanch
'

इजरायलमा ज्यान गुमाएकाहरूको शव ल्याउन समय लाग्ने

शुक्रवार, असोज २६, २०८०

काठमाडौँ । इजरायलमा ज्यान गुमाएका नेपालीहरूको शव ल्याउन केही समय लाग्ने भएको छ।

इजरायल–हमास युद्धका कारण सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जना नेपालीको मृत्यु भएको थियो। मृत्यु भएका दशै जनाको शव नेपाल ल्याउने विषयमा इजरायल सरकारसँग समन्वय भइरहेको परराष्ट्र मन्त्री एनपी साउदले बताए।

उनले इजरायलमा नेपालीसहित अन्य मुलुकका पनि नागरिकको मृत्यु भएको र उनीहरूको सनाखत लगायतका सबै प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले शव नेपाल ल्याउन समय लाग्ने बताए।

मन्त्री साउदले भने, ‘सबै आवश्यक प्रक्रिया पुरा गरी शव हस्तान्तरण गर्न केही समय लाग्ने इजरायली सरकारले जानकारी गराएकाले परिवारजनलाई केही समय धैर्यधारण गर्न आग्रह गर्छु।’

सम्बन्धित खबर