२०८१ माघ २५, शुक्रवार , ०४:३४:०५ बजे

Sajhamanch
'

डेंगी संक्रमितको संख्या ३९ हजारनजिक, १२ दिनमा साढे पाँच हजारमा संक्रमण

बिहिवार, असोज २५, २०८०

काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ३९ हजारनजिक पुगेको छ ।

गएको जनवरीयता अक्टोबर ११ ९बुधबार० सम्म ३८ हजार ७९० जना संक्रमित भएका इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

अक्टोबरका ११ दिनमा मात्र पाँच हजार ५२१ जना संक्रमित थपिएका छन् । नेपालमा जुलाईयता डेंगीका कारण २० जनाको मृत्यु पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

ईडीसीडीका अनुसार यो अवधिमा सबैभन्दा धेरै कोसी प्रदेशमा २३ हजार ९३४ जना संक्रमित भएका छन् । गण्डकीमा सात हजार ४८३, वाग्मतीमा चार हजार ९०५, सुदूरपश्चिममा एक हजार ८६, लुम्बिनीमा ६६२ र मधेस प्रदेशमा ५९० जना संक्रमित भएका छन् ।

सबैभन्दा कम कर्णाली प्रदेशमा १३० जना संक्रमित भएका ईडीसीडीको तथ्यांक छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ३३७ जना संक्रमित भएका ईडीसीडीले जनाएको छ ।

सम्बन्धित खबर