२०८१ असोज ४, शुक्रवार , ०३:०३:३४ बजे

Sajhamanch
'

स्वदेश फर्कन इजरायलको विमानस्थलमा पुगे विद्यार्थी

बिहिवार, असोज २५, २०८०

काठमाडौं । द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको विमान त्यसतर्फ गएको छ । बिहीबार बिहान साढे २ बजे विमान इजरायलतर्फ उडेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले जानकारी दिएका छन् ।

विद्यार्थी लिन नेपाल वायुसेवा निगमको जहाज इजरायल पठाइयो

नेपाल फर्कने विद्यार्थी पनि त्यहाँको विमानस्थलमा पुगिसकेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थी सुरज भण्डारीले यस्तो जानकारी गराएका हुन् ।

“हामी भर्खरै तेल अभिभ एयरपोर्टमा पुगिसकेको छौँ, नेपाल एयरलाइन्सको प्लेन कुर्दै,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले यसअघि काडेश बार्नियादेखि एयरपोर्टका निम्ति आफूहरू बसमा चढेको उल्लेख गरेका थिए । त्यहाँबाट करिब साढे दुईरतीन घण्टापछि तेल अभिभ एयरपोर्टमा पुग्ने जनाएका थिए ।

उक्त विमानमा नेपाल फर्कन चाहेका करिब २५५ विद्यार्थीलाई मात्र ल्याइनेछ ।

प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी मृत्यु भएका व्यक्तिका शव भने तत्काल नल्याइने भएको छ । मापदण्ड पूरा गर्न केही समय लाग्ने भएकाले शव पछि ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर