२०८१ मंसिर १५, शनिवार , १०:२०:२४ बजे

Sajhamanch
'

बिर्तामोड ६ क्वाटरफाइनलमा प्रवेश

बिहिवार, असोज २५, २०८०

बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको चौथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा बिर्तामोड वडा नम्बर ६ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

डोमालाल राजवंशी रंङगशालामा भएको खेलमा बिर्तामोड वडा नम्बर ९ लाई १–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड–६ क्वाटरफाइनलमा प्रवेश हो ।

बिर्तामोड–६ का लागि नरेश तामाङको प्रहार गोलमा परिणत भएको थियो । ४१औं मिनेटमा उनले गरेको प्रहार डी–एरियाभित्र रहेका बिर्तामोड–९ का खेलाडीलाई टच गर्दै ‘अन गोल’ भएको थियो ।

निर्धारित ७० मिनेटको खेलको पहिलो हाफमा भने दुवै टोलीले गोल गर्न सकेका थिएनन् । दोस्रो हाफको सुरुवाती ६ मिनेटमा अग्रता बनाएको बिर्तामोड–६ ले खेलमा थप गोल गर्न भने सकेन ।

खेलको ५८औं मिनेटमा रेडकार्ड पाए पछि बिर्तामोड–९ का टिम कप्तान राममणि मैदान बाहिरिएका थिए । दोहोरो पहेंलो कार्ड पाएका उनले ५८औं मिनेटमा विपक्षी गोल किप्परलाई फल्ड गरेका थिए । १० खेलाडीमा समेटिएको बिर्तामोड ९ ले सुधारिएको प्रदर्शन गरे पछि थप गोल खानबाट भने बचेको थियो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोड ६ का सिद्धार्थ अधिकारीे ‘म्यान अफ दि म्याच’ चुनिए । उनले एक हजार ५०० नगद पुरस्कार पाए । उनलाई राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण शिवाकोटी र आयोजक समितिका अध्यक्ष विकास गिरीले पुरस्कार प्रदान गरेका हुन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैयाँ र मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित खबर