२०८१ असोज ४, शुक्रवार , ११:३४:२१ बजे

Sajhamanch
'

इजरायल–हमास द्वन्द्व : मृत्यु हुनेको संख्या २१ सय नाघ्यो

बुधवार, असोज २४, २०८०

काठमाडौं । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच जारी द्वन्द्वमा मृत्यु हुनेको संख्या २१ सय नाघेको छ ।

हमासले अचानक इजरायलमा शनिबार गरेको ठूलो आक्रमणयता त्यहाँ १२ सय बढीको मृत्यु भइसकेको छ ।

हमासविरुद्ध गाजामा इजरायलको जवाफी आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ९५० भन्दा बढी पुगेको बताइएको छ ।

यी देशले गरिरहेका छन् हमासलाई समर्थन, इजरायलका पक्षमा कति ?
नेपालसहित विभिन्न दर्जनबढी देशका नागरिकहरूले इजरायलमा ज्यान गुमाएका छन् । केही घाइते भएका छन् भने, केही बेपत्ता भएका छन् । हमासले करिब १५० नागरिकलाई अपहरण गरी बन्दी बनाएको बताइएको छ ।

इजरायली रक्षा बल (आईडीएफ)का प्रवक्ता जोनाथन कन्रिकसले रिजर्भमा रहेका तीन लाखभन्दा बढी सेनालाई गाजा सीमा क्षेत्रमा तैनाथ गरेको बताएका छन् ।

उनले ती सैनिक इजरायली सरकारले दिएको मिसन कार्यान्वयन गर्न तयार रहेको बताएका छन् । “र त्यो भनेको युद्धको अन्त्यमा धम्की दिन वा इजरायली नागरिकलाई मार्न हमाससँग कुनै सैन्य क्षमता हुननपर्ने,” हो भनेका छन् ।

उनले गाजामा लडाइँ अझै चर्किने र त्यहाँको दृष्यहरू हेर्न र सामना गर्न कठिन हुने बताएका छन् ।

यसबीच इजरायलका लागि हतियार बोकेको पहिलो अमेरिकी विमान त्यहाँ आइपुगेको छ । इजरायली सेनाले हमासको विमान फेला पार्ने अत्याधुनिक निगरानी प्रणाली ध्वस्त पारेको समेत बताएको छ ।

मंगलबार बिहानसम्म लडाइँ जारी रहेको एक इजरायली गाउँमा महिला र बालिबालिकासहित नरसंहार भएको इजरायली सैन्य जनरलले बताएका छन् । मृतकमध्ये केहीको टाउको नै काटिएको समेत बताइएको छ ।

सम्बन्धित खबर