२०८१ असोज ४, शुक्रवार , १०:३६:०३ बजे

Sajhamanch
'

प्रधानसेनापति शर्मा आज बेलायत जाने

आइतवार, असोज २१, २०८०

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आइतबार बेलायतको औपचारिक भ्रमणमा जाँदै छन्।बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा ६ दिने भ्रमणका लागि आइतबार बिहान प्रस्थान गर्न लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए। उनका अनुसार प्रधानसेनापति शर्मासँग दुई सैन्य अधिकृत पनि बेलायत जानेछन्।

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता गर्नेछन्। प्रधानसेनापति शर्माले रोयल कलेज अफ डिफेन्स स्टडिज् र रोयल मिलिटरी एकेडेमी स्याण्डहर्स्टको भ्रमण गर्नेछन्। ती दुवै शिक्षण संस्थामा नेपाली सेनाका अधिकृत लामो समयदेखि सहभागी हुँदै आएका छन्। प्रधानसेनापति शर्माले बेलायती गोर्खा सैनिकको मुख्यालयको पनि भ्रमण गर्नेछन्। प्रधानसेनापति बेलायतमा रहँदा क्याम्ब्रियन पट्रोलमा सहभागी टोलीसँग भेटघाट हुनेछ।

सम्बन्धित खबर