२०८१ फागुन १४, बुधवार , ०३:०६:४८ बजे

Sajhamanch
'

एयरपोर्ट बनाउन भनेर किनेको जग्गाको जानकारी दिन यति एयरलाइन्सलाई धरानको पत्र

शुक्रवार, असोज १९, २०८०

काठमाडौं । सुनसरीको धरान उपहमानगरपालिकाले यति एयरलाइन्सलाई हवाई मैदान निर्माण गर्ने भनेर किनेको जग्गाका बारेमा जानकारी गराउन पत्र लेखेको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले यति इन कर्पोरेट प्रालि लाजिम्पाटलाई पत्र लेख्दै धरान उपमहानगरपालिका वडा नम्बर १७ (साविक घोपा २ ख) का विभिन्न कित्ताका जग्गाहरु हवाई मैदान निर्माणका लागि खरिद गरे पनि अहिलेसम्म उक्त प्रयोजनमा नआएको भन्दै जग्गाको अवस्थाबारे जानकारी गराउन भनेका हुन् ।

‘हालसम्मम हवाइ मैदान निर्माण सुरु नभएकाले जग्गा फिर्ता दिलाइ पाऊ भन्ने समेत व्यहोराको सरोकारवालाहरुको यस कार्यालयमा निवेदन पेश हुन आएकोले सो सम्बन्धमा के कसो भएको हो ? जग्गाको हालको अवस्था के कसो छ ? सम्पूर्ण व्यहोरा खुलाई १५ दिन भित्र सो विषयका प्रमाण सहितको जानकारी पठाई सहयोग गरिदिनु हुन अनुरोध छ’, मेयर राईले लेखेको पत्रमा भनिएको छ ।

यति एयरलाइन्सले हवाई मैदान बनाउने भनेर १४ रोपनी जग्गा लिएको भए पनि अहिले धमाधम प्लटिङ गरेर बेच्न थालेपछि स्थानीयबासिन्दा आन्दोलित भएका छन् । आफूहरुले पहिला सस्तोमा बेचेको जग्गा अहिले प्लटिङ गरेर महँगोमा बिक्री हुन थालेपछि स्थानीयबासिन्दाले जग्गा फिर्ता हुनु पर्ने माग गरेका छन् ।

शुक्रवार, असोज १९, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर