
हान्झाउ । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल शुक्रबार भारतसँग ६१(१७ ले पराजित भएको छ । सेमिफाइनलमा पराजित भएपछि नेपालले कास्य पदक पक्का गरेको छ ।
कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान छ ।
यसअघि समूह चरणको पहिलो खेलमै बंगलादेशलाई हराएको नेपाल इरानसँग हारेपछि समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो ।
नेपाललाई हराएपछि भारत फाइनल पुगेको छ र अब स्वर्णका लागि खेल्ने छ ।