
मानेभञ्याङ (भारत) । जर्जियन एफसी कालेम्पोङ ७औं मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेकोे छ ।
१२ गोलको थ्रिलर म्याचमा डिएसए हाउडा कोलकत्तालाई ७–५ गोल अन्तरले हराउँदै कालेम्पोङले अन्तिम ८ मा स्थान बनाएको हो ।
खेलका सुरुवाती अग्रता कालेम्पोङले बनाएको थियो । ७औ मिनेटमा कुन्जमान थापाले पहिलो गोल गरेका थिए । ४ मिनेट नवित्दै उनले व्यक्तिगत दोश्रो गोल गरे । २३औ मिनेटमा बसन्त राईले गोल गरेपछि कालेम्पोङले अग्रता ३–० बनाएको थियो ।
३२औ मिनेटमा कोलकत्ताका मिथुन शाहले गोल गर्दै अन्तर ३–१ मा झारे । ४५औ मिनेटमा कालेम्पोङका सिलास लेप्चाले गोल गरे । २ मिनेट नवित्दै मिथुनले व्यक्तिगत दोश्रो गोल गरेपछि अन्तर ४–२ झरेको थियो । ४९औ मिनेटमा कुन्जमानले ह्रयाट्रिक पुरा गरे । २ मिनेट लगतै कुन्जमानले व्यक्तिगत चौथो गोल गरेपछि कालेम्पोङले गोल अन्तर ६–२ बनाउन सफल रहयो ।
कप्तान प्रनभ मुखियाले ५४औ मिनेटमा कालेम्पोङका लागि सातौ गोल गरे । त्यसपछि कोलकत्ताले खेलमा फर्कने प्रयास गरेको थियो ।
६०औ मिनेटमा मिथुनले ह्याट्रिक पूरा गरे । ७०औ मिनेटमा मिथुनले व्यक्तिगत चौथो गोल गरे । इन्जुरी समयमा सव्स्टिच्युट खेलाडी बपन बेराले गोल गरे पनि जीतका लागि पर्याप्त हुन सकेन् ।
खेलको म्यान अफ दि म्याच विजेता टोलीका कुन्जमान घोषित भए । प्रतियोगितामा शुक्रबार पहिलो खेलमा सिरिजंघा स्पोर्टिङ क्लब भद्रपुर र मोहम्मडन एथ्लेटिक क्लब कोलकत्ता बीच हुनेछ । दोश्रो खेलमा हिमालयन शेर्पाले कञ्चनजंघा एफसी सिलिगुडीसँग खेल्नेछ ।