२०८१ मंसिर १४, शुक्रवार , ०६:३८:३९ बजे

Sajhamanch
'

शनिबार ज्ञानोदय शिक्षक बचतको १४ औं साधारण सभा सम्पन्न

शनिवार, असोज ६, २०८०

भद्रपुर । भद्रपुर ८ स्थित ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ ।

संस्थाका अध्यक्ष गोपीकृष्ण न्यौपानेको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा उत्कृष्ट सदस्य सम्मान गर्दै साधारण सभा सम्पन्न गरिएको हो ।

अध्यक्ष न्यौपानेले वार्षिक गतिविधि प्रस्तुत गर्दै सहकारीमा महिला २०६ तथा पुरूष २०५ गरी ४११ जना शेयरधनी र ५ करोड ३९ लाख ९९ हजार ३११ रूपैयाँ कूल शेयर पूँजी रहेको विवरण पेश गरेका थिए ।

उपाध्यक्ष धनकुमारी खरेलले स्वागत गरेको कार्यक्रममा उत्कृष्ट बचत कारोबार सम्मानबाट सुष्मा निरौला दाहाल र उत्कृष्ट कर्जा कारोबार सम्मानबाट जानुका तोलाङ्गी सम्मानित भए । त्यसैगरी उत्कृष्ट सन्तति पुरस्कार सरकारी विद्यालयतर्फ सिर्जन सापकोटा र निजी विद्यालयतर्फ प्रसिद्धि निरौलालाई नगदसहित सम्मान गरिएको थियो ।

यस्तै उत्कृष्ट शेयर सदस्य सम्मानबाट भिम दाहाल र जयकुमार प्रसाईलाई सम्मान गरियो भने शेयर सदस्य सन्ततिले विद्यावारिधि गरेको भन्दै डा. अर्चना न्यौपाने तिम्सिना र डा. पवन श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा शिक्षण सेवाबाट अवकास प्राप्त ७ जना शिक्षक शिक्षिकालाई पनि सम्मानसहित बिदाई गरिएको थियो ।

सचिव डिल्लीराम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, सहकारीका सल्लाहकार संयोजक गोकुलराज न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर