२०८१ मंसिर ७, शुक्रवार , ०८:०९:०५ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी चारआली कार्यालयको १५ दिने सार्वजनिक सूचना

सोमवार, असोज १, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालय : मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मिति : २०८०/५/२४

जिल्ला झापा बुद्धशान्ति–३ बस्ने सिताकुमारी प्रधान (सदस्य नं. १३६४२) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल साउन ३० गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बुद्धशान्ति–३ बस्ने निजका श्रीमान रत्नकुमार प्रधानले आफ्नो श्रीमतीको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल भदौ १८ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी चारआली कार्यालय

सम्बन्धित खबर