असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०८०/५/१७
जिल्ला झापा बिर्तामोड–५ बस्ने तिलक निरौला (सदस्य नं. ०००५२४८) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७७ साल चैत २२ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बिर्तामोड–५ बस्ने निजकी श्रीमती यशोदा कार्कीले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल साउन २९ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
— एनएमसी बिर्तामोड कार्यालय