२०८१ माघ २९, मङ्गलवार , ०६:०४:०३ बजे

Sajhamanch
'

बाँकी रहेका ठाउँमा असोज २९ भित्र अधिवेशन गर्न कांग्रेसको निर्देशन

सोमवार, भदौ २५, २०८०

काठमाडौं । नेपाली कांग्रेसले बाँकी रहेका ठाउँमा असोज २९ गतेभित्र अधिवेशन गर्न निर्देशन दिएको छ।

केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिहरूलाई पत्राचार गर्दै असोजभित्र बाँकी रहेका ठाउँमा अधिवेशन गर्न भनेको हो।

कांग्रेसले २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको थियो। यसअघि हुनुपर्ने विभिन्न तहका अधिवेशन गर्न बाँकी रहेका ठाउँमा असोजभित्रै अधिवेशन गरी केन्द्रमा जानकारी गराउन निर्वाचन समितिले आग्रह गरेको हो।

‘१४ औं महाधिवेशनअन्तर्गत महासमिति सदस्य, प्रदेश सम्मेलन सदस्य, वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमध्ये कुनै तह र पदको निर्वाचन हुन बाँकी भएको वा विधानअनुसार रिक्त हुन गएको भएमा उक्त पदको निर्वाचन असोज २९ गतेभित्र अनिवार्य सम्पन्न गर्न अनुरोध गरिन्छ,’ केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले पठाएको पत्रमा उल्लेख छ।

कांग्रेसले आउँदो मंसिरमा महासमिति बैठक गर्दैछ। त्यसअघि बाँकी रहेका तहमा अधिवेशन गर्न लागेको हो।

सम्बन्धित खबर