२०८१ माघ २४, बिहिवार , ०४:५७:५१ बजे

Sajhamanch
'

बीपी साहित्य महोत्सव

आइतवार, भदौ २४, २०८०

काठमाडौं । नेपाली कांग्रेसको आयोजनामा आइतबारदेखि बीपी साहित्य महोत्सव, २०८० सुरु भएको छ ।

पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा केन्द्रीय कार्यालय सानेपामा साहित्य महोत्सव आयोजना गरिएको हो । तीन दिनसम्म चल्ने महोत्सवको कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।

सम्बन्धित खबर