बिर्तामोड । यहाँस्थित वडा नं. ३ मा रहेको परोपकार महिला समूहले आमा सम्मान गर्दै आज तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
समूहका सदस्य हिमादेवी देउजाकी ९८ वर्षीया आमा कौशिला खड्कालाई दोसल्ला ओडाएर सम्मान गरिएको हो ।
समूहका अध्यक्ष कल्पना पौडेलको अध्यक्षतामा आयोजित तीज मिलन कार्यक्रमको सञ्चालन समूहका सचिव विनिता पाठकले गरेकी थिइन् । सो समूहमा २१ जना महिला आवद्ध रहेको जनाइएको छ ।