२०८१ माघ २३, बुधवार , १०:०८:३८ बजे

Sajhamanch
'

एमालेको मधेस प्रदेश अधिवेशन सर्‍यो

मङ्गलवार, भदौ १९, २०८०

काठमाडौं । नेकपा (एमाले) को मधेस प्रदेशको अधिवेशन सरेको छ। आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो।

नेकपा (एमाले)को २४ औं सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो।

मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको प्रदेश इन्चार्ज सचिव योगेश भट्टराईले जानकारी दिए।

‘हाम्रो तयारी पुगेन। पार्टी सदस्यता प्रमाणीकरण गर्ने काम भइरहेको छ। असोज २४ र २५ गते गर्ने तय भएको छ,’ भट्टराईले भने।

लुम्बिनी प्रदेशमा भने आज मतदान भइरहेको छ। चार दिनअघि प्रदेश अधिवेशन सुरू भए पनि निर्वाचनमार्फत् नेतृत्व चुनिने भएपछि अधिवेशन लम्बिएको छ।

लुम्बिनीमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल प्यानल नै सहित मैदानमा छन्। सचिवमा लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्।

सम्बन्धित खबर