२०८१ मंसिर ८, शनिवार , ०६:३५:१३ बजे

Sajhamanch
'

एनएमसी फिक्कल कार्यालयको हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

बिहिवार, भदौ ७, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८०/५/६

जिल्ला इलाम सूर्योदय नगरपालिका–८ बस्ने चूडामणि घिमिरे (सदस्य नं. १६९८५६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल मंसिर २४ गते निधन भई शेषपछिको हकदावीमा इलाम जिल्ला सूर्योदय नगरपालिका–८ बस्ने निजका छोराहरु टिकाप्रसाद घिमिरे र बेदप्रसाद घिमिरेले आफ्नो बाबुको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल फागुन १७ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी फिक्कल कार्यालय

…………………………………………………………………………………………………………………………….

प्रथमपटक प्रकाशित मितिः २०८०/५/६

जिल्ला इलाम सूर्योदय नगरपालिका–८ बस्ने जीवनकुमार सापकोटा (सदस्य नं. १६९८५५) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल मंसिर ४ गते निधन भई शेषपछिको हकदावीमा इलाम जिल्ला सूर्योदय नगरपालिका–८ बस्ने निजका छोरा कुशल सापकोटाले आफ्नो बाबुको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल पुस २५ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी फिक्कल कार्यालय

सम्बन्धित खबर