![](https://sajhamanch.com/wp-content/uploads/2023/08/Amanlal-Modi-4-1024x683-1-e1691928978422.jpg)
काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीको एक मन्त्रीलाई फिर्ता बोलाउन चाहेका थिए । त्यसका लागि आइतबार नै मन्त्री र पदाधिकारीको बैठक बोलाएका थिए ।
अब जनमत पार्टीकी नेतृ अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने माओवादीका ती पदाधिकारीले बताए ।