२०८१ माघ २६, शनिवार , ०६:०९:४१ बजे

Sajhamanch
'

सिम्रिक एयरले प्राधिकरणलाई बुझायो ४३ लाख बक्यौता

शनिवार, साउन २७, २०८०

काठमाडौं । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ । प्राधिकरणका अनुसार सिम्रिकले शुक्रबार बक्यौता रकम बुझाएको हो ।

प्राधिकरणले बिहीबारमात्र बक्यौता नतिरेको भन्दै सिम्रिकका सबै उडान ग्राउन्डेड गरिदिएको थियो ।

बक्यौता रकम नतिर्ने एयर कम्पनीहरूको उडान रोकिँदै

सिम्रिकले प्राधिकरणलाई ५५ लाख रुपैयाँ बक्यौता रहेकोमा यसअघि आठ लाख रुपैयाँ तिरेको थियो । शुक्रबार प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएसँगै अब दुई लाख रुपैयाँ बक्यौता बाँकी रहेको छ ।

उडान खुलाउने विषयमा भने निर्णय नभएको प्राधिकरणले जनाएको छ । प्राधिकरणलाइ तिर्न बाँकी रहेको बक्यौता रकम चुक्ता गरे उडान फुकुवा हुने प्राधिकरणले जनाएको थियो । तर, सिम्रिकले पूरै बक्यौता भने चुक्ता गरेको छैन ।

सम्बन्धित खबर