२०८१ फागुन २२, बिहिवार , ०५:२६:०२ बजे

Sajhamanch
'

यूएईले दियो राष्ट्रपति पौडेललाई कोप २८ सम्मेलनमा सहभागी हुन निम्तो

बुधवार, साउन १७, २०८०

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)ले राष्ट्रपति रामचन्द्र पौडेललाई यूएई भ्रमणको निम्तो दिएको छ ।

नेपालका लागि यूएईका राजदूत अब्दुल्लाह जरवान अल शाम्सीले राष्ट्रपतिसँग मंगलबार गरेको शिष्टाचार भेटका अवसरमा उक्त निमन्त्रणा दिएको हो ।

काठमाडौंस्थित यूएई दूतावासका अनुसार आगामी नोभेम्बरमा यूएईमा हुन लागेको कोप २८ सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेललाई निमन्त्रणा गरिएको हो ।

भेटमा यूएईका राष्ट्रपतिले उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेललाई पठाएको निमन्त्रणा राजदूत शाम्सीले हस्तान्तरण गरेका थिए ।

सम्बन्धित खबर