२०८१ असोज ३, बिहिवार , १०:३४:०५ बजे

Sajhamanch
'

पश्चिम बंगालमा पञ्चायत चुनावः हिंसामा १६ जनाको मृत्यु

आइतवार, असार २४, २०८०

दार्जीलिङ (भारत) । शनिबारका लागि निर्धारित पश्चिम बंगालमा पञ्चायतको निर्वाचनमा हिंसा भड्किंदा १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चुनावमा हिंसा हुनसक्ने आशंकामा एक लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरिएको भए पनि विभिन्न स्थानमा हिंसा हुँदा १६ जनाको हत्या भएको प्रहरीको भनाई छ ।

बम विष्फोट, गोली हानाहान, बुथमा तोडफोड र मतपेटिका लुटपाट हुँदा सुरक्षाकर्मी निरीहजस्तो बन्न बाध्य भएको निर्वानका पर्यवेक्षकहरुको भनाई छ ।

उक्त चुनावी हिंसामा सबैभन्दा धेरै त्रिणमुल कांग्रेस (टीएमसी)का १० जनाको मृत्यु भएको छ । यस्तै भारतीय जनता पार्टी (भाजपा)का ३ र भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अलग अलग पार्टीका कार्यकर्ताहरु छन् र हिंसाको दोष दलहरुले एकअर्कालाई लगाएका छन् । हिंसाका बीच निर्वाचनको निर्धारित समयमा करिब ६६.२८ प्रतिशत मतदान भएको जनाइएको छ । यसको नतिजा ११ जुलाईमा घोषणा हुनेछ ।

यसअघि सन् २०१८ मा पनि पश्चिम बंगालमा पञ्चायतको चुनावमा हिंसा हुँदा १० जनाको ज्यान गएको थियो ।

सम्बन्धित खबर