२०८१ पौष ३, बुधवार , ११:५७:५९ बजे

Sajhamanch
'

भ्रष्टाचार मुद्दामा आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर

शुक्रवार, असार १५, २०८०

काठमाडौँ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

शुक्रबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा.खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो।

विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैयाँ विगो भराउने आदेश गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो।

सम्बन्धित खबर