२०८१ असोज ४, शुक्रवार , ०७:५१:१३ बजे

Sajhamanch
'

आयोजक ‘अल इन वान’सँग नमोबुद्धको फाइनल भेट पक्का, शनिबार भिड्दै

बिहिवार, वैशाख १४, २०८०

झापा । नमोबुद्ध युवा क्लब सप्तरी झापामा जारी प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड–१० सैनिक बजारस्थित महेन्द्रज्योति माविको मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्बल उदयपुरलाई २–० गोल अन्तरले पराजित गर्दै सप्तरी फाइनलमा प्रवेश गरेको हो ।

सप्तरीलाई फाइनल प्रवेश गराउन खेलको १५औं मिनेटमा राष्ट्रिय टिमकी खेलाडीसमेत रहेकी निकिता थोकरले पहिलो गोल गरिन् । त्यसपछि खेलको ५६औं मिनेटमा राष्ट्रिय टिमकी अर्की खेलाडी रस्मि घिसिङले गोल गर्दै टिमलाई २–० गोल अन्तरको जित दिलाइन् ।

घिसिङ ‘प्लेयर्स अफ दि म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाइन् । उनलाई राष्ट्रिय फुटबल टोलीका साहायक प्रशिक्षक प्रवेश कटुवालले पुरस्कार प्रदान गरे ।

नमोबुद्ध सप्तरीले अब उपाधिका लागि ‘अल इन वान’ क्लब बिर्तामोडसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा मिक्लाजुङ गाउँपालिका मोरङलाई ५–१ गोल अन्तरले पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको थियो ।

बिर्तामोडको ‘अल इन वान’ क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिताको फाइनल खेल १६ गते शनिबार हुनेछ । फाइनल खेलको पूर्वसन्ध्यामा भोलि शुक्रबार महिला दौड प्रतियोगिता आयोजना गरिएको आयोजक ‘अल इन वान’ क्लबका अध्यक्ष कृष्णबाबु योञ्जनले जानकारी दिएका छन् ।

सम्बन्धित खबर