२०८१ असोज ३, बिहिवार , ०६:३०:५३ बजे

Sajhamanch
'

प्रदेशस्तरीय राष्ट्रिय पुरुष भलिबल आजबाट दमकमा सुरु हुँदै

बिहिवार, वैशाख १४, २०८०

झापा ।  दमकमा आजबाट प्रदेशस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिएका हुन् ।

प्रतियोगिता दमकस्थित हिमालय माविको खेल मैदानमा ४ बजेदेखि सुरु हुनेछ । वाग्लेका अनुसार आज बैशाख १४ गतेदेखि १७ गतेसम्म प्रथम प्रदेशस्तरीय मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको विजेता टिमले नगद तीन लाखसहित ट्रफी, मेडल पाउनेछ भने उपविजेताले एक लाख ५० हजार ट्रफी, मेडल प्राप्त गर्ने वाग्लेले जानकारी दिए ।

नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्काका अनुसार प्रतियोगिताको प्लेयर अफ दि सिरिजले नगद २५ हजार पाउनेछ ।

त्यस्तै, सबै विधाका खेलाडीले नगद १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट ब्लकर, सेटर, स्पाइकर, लिब्रो र सर्भर तथा प्रशिक्षकले समान १० हजार पाउने उपाध्यक्ष खड्काले बताए ।

प्रतियोगितामा कोसी प्रदेशसहित सातवटा प्रदेशको सहभागिता रहनेछ । प्रतियोगिताका लागि बोर्डले नगद २० लाख रुपैयाँ उपलब्ध गराएको छ ।