काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ को मतगणना आजै राति ९ बजेबाट सुरु हुने भएको छ ।
मतपेटिका संकलनको काम अन्तिम चरणमा पुगेकाले आजै ९ बजे सर्वदलीय बैठक बसेर मतगणनाको काम अघि बढाइने भएको छ ।
अहिले मतपेटिकाहरू मतगणनास्थलमा पुर्याइँदैछन् । कलैया उपमहानगरपालिका वडा नम्बर ३ को गंगानगरस्थित शैक्षिक तालिम केन्द्रमा मतगणनास्थल बनाइएको छ ।
सुरक्षाका लागि मतगणनास्थलको भित्री भागमा तारजाली लगाइनुका साथै सिसिटिभी जडान गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।