२०८१ पौष ८, सोमवार , ०९:५६:५८ बजे

Sajhamanch
'

नेपालसहित दक्षिण एशियाका हजारौं किसानहरु झापामा भेला हुँदै

मङ्गलवार, चैत २८, २०७९

झापा । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलन तथा दक्षिण एशियाली किसान सम्मेलन आयोजनाको तयारी पूरा भएको छ ।

चैत २९ गते दक्षिण एशियाली किसान सम्मेलन र चैत ३० गते अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलन समुद्घाटन हुने गरी तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले जानकारी दिएका छन् ।

उनका अनुसार देशभरबाट आउने प्रतिनिधीहरुको बसोबासको व्यवस्थापन दमकमा मिलाइएको छ । दुईवटै कार्यक्रमको समुद्घाटन नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने शिवाकोटीले बताए । ‘किसान महासंघको महासम्मेलन र सम्मेलनको वन्द शत्र तथा दक्षिण एशियाली किसान सम्मेलनका लागि सबैै तयारी पूरा भएको छ, दुईवटै कार्यक्रम भब्य हुनेगरीको तयारी छ’ उपाध्यक्ष शिवाकोटी बताउँछन् ।

अखिल नेपाल किसान महासंघले दमकमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष डा. प्रेम दंगालले दुवै समारोहलाई अध्यक्ष ओलीले उद्घाटन तथा सम्वोधन गर्नेगरी कार्यक्रम बनाइएको जनाए । किसान महासंघको राष्ट्रिय महासम्मेलनका लागि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले दुवै कार्यक्रम अलग अलग रुपमा हुने तर प्रमुख अतिथिका रुपमा एमाले अध्यक्ष ओली नै रहने जानकारी दिए ।

किसान महासंघको महासम्मेलनका लागि गठित सुरक्षा समितिका संयोजक प्रकाश बस्नेतका अनुसार दमकलाई आधार मानेर राष्ट्रिय सम्मेलन हुनु दमकबासी कै लागि खुसीको कुरा भएको बताए । महासम्मेलन तथा सम्मेलनका लागि आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधीहरुले दमक तथा झापाको प्रवद्र्धन एकसाथ गर्ने भएकाले यो कार्यक्रममा झापाबासीहरुका लागि गर्वको विषयसमेत रहेको उनको कथन छ ।

सम्बन्धित खबर