२०८१ मंसिर १३, बिहिवार , ०६:१७:४४ बजे

Sajhamanch
'

काँकरभिट्टा क्याम्पसमा अखिल र नेवि संघका कार्यकर्ताबीच झडप

बुधवार, चैत १, २०७९

मेचीनगर । स्वतन्त्र विद्यार्थी युनियनको चुनावका विषयमा क्याम्पस प्रशासन र विद्यार्थी बीच कुरा नमिल्दा काँकरभिट्टा बहुमुखी क्याम्पस तनावग्रस्त बनेको छ ।

स्ववियु निर्वाचनको मिति घोषणा भइसकेपछि भर्ना भएका विद्यार्थीको खारेजी माग गरिरहेको एमाले निकट अनेरास्ववियुसँग अरु विद्यार्थी संगठनहरुको झडप भएको हो ।

क्याम्पस गेटमा भएको बोर्ड अनेरास्ववियुले जलाउन खोज्दा नेवि संघले रोकेको घटनापछि दुई संगठनबीच झडप सुरु भएको जनाइएको छ । झडपमा दुवै तर्फका विद्यार्थी सामान्य घाइते भएका छन् । प्रहरीले अनेरास्ववियुका २ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

स्ववियु निर्वाचनको विषयमा विभिन्न माग राख्दै अनेरास्ववियुले क्याम्पसको मूल गेटमै ताला लगाएर धर्ना बसेको थियो ।

सम्बन्धित खबर