२०८१ पौष ७, आइतवार , ०३:३७:४७ बजे

Sajhamanch
'

केन्द्रीय सदस्य रहेका प्रसाईलाई एमालेले गर्यो निष्कासन

शनिवार, फागुन १३, २०७९

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई आज शनिबारको सचिवालय ब७कले पार्टीबाट निष्कासनको निर्णय गरेको छ ।

आज बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् ।

पहिले कांग्रेस पृष्ठभूमिका प्रसाई सशस्त्र द्वन्द्वकालमा माओवादी थिए । एमालेको २०७८ असोजमा ललितपुरमा भएको विधान महाधिवेशनमा पार्टी सदस्यता नै नलिएका प्रसाई प्रतिनिधि बनेको भनी आलोचना पनि भएको थियो ।

विधान महाधिवेशन सकिएपछि झापामा औपचारिक कार्यक्रम गर्दै उनले आफ्ना अघिपछि हिड्ने सयौं युवालाई एमाले प्रवेश गराएका र आफू अब एमाले भएको घोषणा गरेका थिए ।

चितवनको सौराहामा भएको दसौं महाधिवेशनमा उनले युवाको टोली परिचालन गरेका थिए । उनी जताजता जान्छन् युवाहरु पछि लाग्दै दुर्गा प्रसाईं जिन्दावादको नारा घन्काउन लगाएका थिए ।

महाधिवेशनको हलबाटै उनी केन्द्रीय सदस्य बन्न चाहन्थे तर अनुकूल भएन । पछि केन्द्रीय सदस्यमा मनोनित प्रसाईले अध्यक्ष ओलीकै चाहनामा उद्योग, वाणिज्य तथा आपूर्ति विभाग उपप्रमुखको भूमिका पाएका थिए ।

गत मंसिरमा भएको निर्वाचनमा उनी झापा ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न चाहान्थे । तर सो क्षेृत्र तालमेलका कारण राप्रपाले पाएपछि प्रसाईंको सक्रियता परिवर्तन भएको थियो  ।

अहिले उनी राजतन्त्र पुनःस्थापनाका लागि अभियान सञ्चालन गरिरहेका छन् । उनले फागुन १ गते काँकडभिट्टाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान’ सुरु गरेका छन् । परिवारसहित झापा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले महाअभियानको उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्वयुवराज पारस, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वशाहाज्यादी सीताष्मा उपस्थित थिए ।

विभिन्न बैंकबाट ६ अर्ब कर्जा लिएको बताउने प्रसाईंले तिनै बैंकहरुलाई ब्याजसम्म नतिर्ने बताउँदै आएका छन् । माओवादी सशस्त्र विद्रोहको समयमा ६ महिना सैनिक हिरासतमा परेका प्रसाईंको छवि विवादास्पद रहँदै आएको छ ।

सम्बन्धित खबर