२०८१ पौष १९, शुक्रवार , ०३:०४:३३ बजे

Sajhamanch
'

एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार, चुनावसम्म सरकार नछाड्ने

शनिवार, फागुन १३, २०७९

काठमाडौं । नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय भएको छ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए । एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको दाबी छ ।

यसैबीच, नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ । राष्ट्रपति निर्वाचनमा एमालेले कांग्रेस बाहेक सबै दलसँग सहयोगसमेत मागेको छ ।

बैठकपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने ‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्छौं ।’