२०८१ मंसिर १४, शुक्रवार , ०९:०६:२८ बजे

Sajhamanch
'

ब्रिज इन्टरनेशनलको शाखा बिर्तामोडमा खुल्यो

शुक्रवार, फागुन ५, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको शाखा आजदेखि सञ्चालनमा ल्याइएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले एजुकेशनल कन्सल्टेन्सीको प्रवेशद्वारा टाँगिएको रिवन काटेर तथा दिप प्रज्वलन गरेर समुद्घाटन गरेकी हुन् ।

ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीका एक्जुकेटिभ चेयरमेन भुवन गिरीको अध्यक्षतामा विभिन्न एजुकेशनल कन्सल्टेन्सी, व्यवसायिक प्रतिष्ठानहरु एवम् अभिभावकको बाक्लो उपस्थितिमा शाखाको शुभारम्भ गरिएको हो । उद्घाटन कार्यक्रममा मोडल स्मारिका तथा समारिका ढकाल पनि आएका थिए ।

उद्घाटनकै अवसरमा ब्रिजका सञ्चालकले सामाजिक उत्तरदायित्व अन्तरगत नगरपालिकाको नवस्थापित नगर अस्पतालका लागि एक थान एइडी टेलिभिजन हस्तान्तरण पनि गरेका छन् ।

विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई उचित शैक्षिक परामर्श र अंग्रेजी तयारी कक्षा सञ्चालन गर्ने उद्देश्यले ब्रिज इन्टरनेशनलको शाखा बिर्तामोडमा सञ्चालनमा ल्याइएको हो । काठमाडौंमा मुख्य कार्यालय रहेको ब्रीज इन्टरनेशनले विशेष गरी क्यानाडा, अस्ट्रेलिया, युके, जापान लगायतका देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई शैक्षिक परामर्श तथा भाषा सिकाउने जनाइएको छ ।

विद्यार्थीको रुची तथा क्षमता अनुसारको शैक्षिक परामर्शसँगै उनीहरुको नेतृत्व विकास गरी विदेश पठाइने व्यवस्थासहित अध्ययनका लागि भिषा प्राप्त गर्न अघि तथा भिषा प्राप्त गरिसकेपछि ओरियन्टेशन सेमिनार सञ्चालन गरी विद्यार्थीहरुका जिज्ञासाहरुको समाधान गरिने शाखा प्रमुख जितेन्द्र गिरीको भनाई छ ।

https://fb.watch/iKQ_-6iK-4/

सम्बन्धित खबर