२०८१ मंसिर १०, सोमवार , ०७:०१:१५ बजे

Sajhamanch
'

झापामा ‘शी लिड्स’को निरन्तरता सम्बन्धी अन्तरक्रिया

शुक्रवार, माघ ६, २०७९

झापा । महिला जनप्रतिनिधिहरुको क्षमता वृद्धि गरी मुख्य नेतृत्व सम्हाल्न सक्ने दक्ष बनाउन प्रयासरत शी लिड्स कार्यक्रमलाई निरन्तरता दिने वा नदिने वा परिमार्जन गरेर सञ्चालन गर्ने विषयमा आज बिर्तामोडमा छलफल गरिएको छ ।

दलित महिला केन्द्र नेपालसहितका गैरसरकारी संस्थाहरुले प्रदेश १ का ५ वटा जिल्लाका ३९ वटा पालिकामा शी लिड्स कार्यक्रम सञ्चालन गरिरहेको छ । २०७४ सालमा निर्वाचित महिला जनप्रतिनिधिहरुमध्ये शी लिड्सबाट ४४७ जनाले नेतृत्व विकास सम्बन्धी तालिम पाइसकेको जनाइएको छ ।

२०७४ सालबाटै सुरु भएको सो परियोजनाबाट महसुस हुने गरीको प्रतिफल प्राप्त भयो या भएन ? विशेषतः हरेक वडाबाट अनिवार्य निर्वाचित हुनुपर्ने महिला सदस्य र दलित महिला सदस्यहरुको सशक्तिकरण भयो वा भएन ? परियोजनालाई निरन्तरता दिनका लागि आगामी दिनमा कस्ता कार्यक्रमहरु समावेश गर्नुपर्छ भनी अन्तरसम्वाद भएको हो ।

आज शुक्रबार सामाजिक क्षेत्रमा काम गर्ने सरोकारवालाहरुबीच छलफल गरिएको हो । यही विषयमा भोलि नगरप्रमुख÷उपप्रमुख, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष एवम् राजनीतिक दलका नेताहरुको धारणा लिइने कार्यक्रम छ । यस्तो अर्कोदिन महिला वडाध्यक्ष र सदस्यहरुको धारणा लिइने बताइएको छ ।

अनुसन्धानमुलक अन्तरसम्वादको संयोजन कृष्ण गिरीले गरेका थिए । उनले विभिन्न प्रश्नहरु सोधेर परियोजनाबाट केही सकारात्मक परिणाम निस्कियो कि भनी सरोकारवालाहरुसँग जिज्ञासा राखेका थिए ।

सम्बन्धित खबर